नदी किनारबाट १६८ केजी गाँजा बरामद
कर्पोरट खबर
11:33 am, सोमबार, असार ८, २०८३
- सुनसरीको बराहक्षेत्र नगरपालिका–१, सत्र नम्बरस्थित कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद गरिएको छ।
- प्रहरीले ट्युब र बाँसको सहायताले राखिएको अवस्थामा ९ वटा प्लास्टिक बोरामा गाँजा फेला पारेको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका १, सत्र नम्बरस्थित कोशी नदी किनारबाट बेवारिसे अवस्थामा राखिएको १६८ केजी गाँजा बरामद गरिएको छ ।
प्रहरीले ट्युब र बाँसको सहायताले राखिएको अवस्थामा ९ वटा प्लास्टिकका बोरामा गाँजा फेला परेको जनाएको छ ।
साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।