काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र सुरु ढिला गरी सुरु हुने भएको छ ।
सोमबार स्थगित भएको रास्वपाको बन्दसत्र दिउँसो एक बजेबाट सुरु हुने संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए ।
प्राविधिक कारणले सोमबार हुने भनिएको बन्दसत्र स्थगित भएको थियो ।
अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको पराजुलीले जानकारी दिए ।