काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगेका छन् ।
अहिले केहीबेरमा सुरु हुने बैठकका लागि अध्यक्ष ओली पार्टी कार्यालय च्यासल पुगिसकेको कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेसँगै एमालेले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ ।