काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालत पुर्याइएको छ । सम्पत्ति शुद्धीकरण विभागमा बयान सकिएपछि पौडेललाई विशेष अदालत पुर्याइएको हो ।
सम्पत्ति शुद्धीकरणको उजुरीपछि उनलाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । सुर्खेतबाट नेपालगञ्जहुँदै आज काठमाडौंस्थित विभागको कार्यालयमा बयान लिइएको थियो ।
बयान सकिएपछि विशेष अदालतमा पेस गरिने विभाग स्रोतले उल्लेख गरेको छ ।
विभाग स्रोतका अनुसार पौडेललाई बयानका लागि केही दिन पहिला नै बोलाइएको थियो । तर, पौडेल पार्टीको काम देखाउँदै पन्छिएका कारण हिजो सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो ।