चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भएको छ ।
९९ सदस्यीय केन्द्रीय समिति गठनका लागि विभिन्न समावेशी समूह र प्रदेशबाट निर्वाचित हुने व्यवस्था छ ।
महाधिवेशनमा ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार खुला तथा समावेशी समूहबाट ६४ जना र सात प्रदेशबाट पाँचरपाँच जनाका दरले ३५ जना निर्वाचित भएका छन् ।
यस्तै खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । समावेशी समूहअन्तर्गत खस–आर्यतर्फ १० जना निर्वाचित हुनेछन्, जसमा ५ पुरुष र ५ महिला रहने छन् ।
आदिवासी जनजातितर्फ ९ जना निर्वाचित भएका छन् । यो समूहबाट ५ पुरुष र ४ महिला निर्वाचित भए ।

मधेसी समूहबाट ८ जना निर्वाचित हुनेमा ५ पुरुष र ३ महिला छन् । दलित समूहबाट ४ जना केन्द्रीय सदस्य निर्वाचित भए । यसमा २ पुरुष र २ महिला रहने व्यवस्था गरिएको छ ।
मुस्लिम समूहबाट २ जना निर्वाचित भएकोमा १ पुरुष र १ महिला छन् । अतिरिक्त सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना केन्द्रीय सदस्य निर्वाचित भए ।