काठमाडौं । सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे पाँच अंकले घटेर बन्द भएको छ।
यो समयमा परिसूचक ५.६९ अंकले घटेर २६४३.८१ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ४० वटा स्क्रिप्सको २९ हजार ८९८ कित्ता सेयर १ करोड २६ लाख ९४ हजार ६९५ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ११ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। बाँकी ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।