रुपन्देही । फोटोन मोटर्स नेपालले असार १५ गते बुटवलमा नयाँ सोरुमको औपचारिक उद्घाटन गरेको छ ।
यो विस्तारसँगै कम्पनीले नेपालभर पहुँच विस्तार गर्ने र देशको पश्चिमी भेगका ग्राहकसमक्ष आफ्ना उत्पादन र सेवा अझ नजिक पुर्याउने प्रयासलाई थप मजबुत बनाएको छ ।
व्यापारिक एवं यातायातको प्रमुख केन्द्रका रूपमा रहेको बुटवलमा सञ्चालनमा आएको नयाँ सोरुमले रुपन्देही, पाल्पा, नवलपरासी र त्यस आसपासका जिल्लाका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ । यसले उक्त क्षेत्रका सवारीधनी तथा सम्भावित खरिदकर्ताका लागि फोटोनका सेवा र सवारीसाधनमा पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ ।
असार १५ गते आयोजित औपचारिक उद्घाटन समारोहमा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बराल र फोटन नेपालका कन्ट्री म्यानेजर साइरसले संयुक्त रूपमा रिबन काटेर सोरुमको उद्घाटन गरे ।
बुटवलको मणिग्राममा स्थापना गरिएको नयाँ सोरुम पूर्ण थ्री एस (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) सुविधासहित सञ्चालनमा आएको हो । एउटै स्थानबाट सवारी बिक्री, आफ्टर सेल्स सर्भिस तथा जेन्युइन स्पेयर पाट्र्स उपलब्ध गराइने भएकाले ग्राहकले टाढाका अन्य सहर धाउनुपर्ने झन्झटबाट राहत पाउनेछन् ।

ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको यसले पुष्टि गरेको छ । यस सुविधाले फोटोनका ग्राहकलाई गाडी किन्ने समयमा मात्र होइन, त्यसको सम्पूर्ण उपयोग अवधिभर साथ र सेवा उपलब्ध गराउने भरपर्दो सेवा सञ्जाल निर्माण गर्ने फोटोनको प्रतिबद्धता झल्काएको छ ।
कार्यक्रममा एमएडब्लुका प्रमुख कार्यकारी अधिकृत बरालले बुटवल सोरुम व्यापार विस्तारमात्र नभई नेपालभरका कम्युनिटीमा कम्पनीले गरेको दीर्घकालीन लगानीको प्रतीक भएको बताए । उनले प्रत्येक टचपोइन्टमा गुणस्तर र विश्वासलाई प्राथमिकता दिने कम्पनीको प्रतिबद्धता दोहोर्याए ।
बुटवल सोरुमको उद्घाटन कार्यक्रमको सफलतासँगै फोटोन मोटर्स नेपालले आफ्ना ग्राहक जहाँ छन्, त्यहीँ पुगेर उनीहरूको आवश्यकता सुन्ने र देशभरको सेवा तथा विश्वसनीयताको स्तरलाई निरन्तर उकास्दै लैजाने प्रतिबद्धता पुन: व्यक्त गरेको छ ।
एमएडब्लु वृद्धि कमर्सियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने कम्पनी हो, जसले उत्कृष्ट मोबिलिटी सोलुसनहरू विकास गर्ने र उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनी फोटोन भेहिकल्सको आधिकारिक वितरक हो र विश्वसनीयता, कार्यक्षमता तथा ग्राहक सन्तुष्टिलाई आफ्नो मुख्य प्राथमिकता मान्दै आएको छ ।
देशभर विस्तार हुँदै गएको सोरुम तथा सेवा केन्द्रहरूको सञ्जालमार्फत कम्पनीले व्यावसायिक क्षेत्रलाई उच्च गुणस्तरका सवारीसाधन र अन्तर्राष्ट्रिय स्तरको आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ ।