काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आज बसेको निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । बुधबार बिहानको राति १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ ।
साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलरमट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ तथा एलपी ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।
