काठमाडौं । साउन १ गते देखि काठमाडौंमा महिलाका लागि ८ वटा ब्लू बस सञ्चालन गरिने, बस सेवा निशुल्क हुने
सरकारले काठमाडौंमा पनि महिलाका लागि ब्लू बस चलाउने भएको छ । यो बसलाई साउन एक गते देखि सञ्चालनमा ल्याइने छ ।
बस प्रारम्भिक चरणमा बुढानीलकन्ठबाट गोदावरीसम्म २ वटा, नागढुंगाबाट एयरपोर्टसम्म २ वटा तथा चक्रपथमा ‘क्लकबाइज’ र ‘एन्टी–क्लकवाइज’ २/२ वटा बस सञ्चालन हुने छ ।
महिलाका लागि मात्रै तोकिएको उक्त बसमा महिलाहरु निशुल्क रुपमा चढ्न पाउनेछन् । बस सञ्चालनबापत लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।
सुरुमा उक्त बस बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालनको तयारी गरिएको छ । सरकारले साझा यातायातको रङ फेरेर ‘ब्लु बस’ सञ्चालनमा ल्याउने भएको हो ।
