काठमाडौं । नेपाली चलचित्र ‘जाँड’को कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । यो चलचित्रले आइतबारसम्म जम्मा एक लाख १६ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
राजु शाहको निर्देशन रहेको चलचित्रमा रमेश उप्रेती मुख्य भूमिकामा छन् । यो चलचित्र असार १२ गतेबाट प्रदर्शनमा आएको थियो ।
यम थापाको निर्देशन रहेको चलचित्र ‘लालीबजार’ले नौ करोड ३२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रको मुख्य भूमिकामा स्वस्तिमा खड्का छिन् ।
चलचित्र ‘रोल नम्बर १’ ले एक करोड ७४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । मुकुन भुसाल मुख्य भूमिकामा छन् ।
चलचित्र ‘आई एम जितबहादुर’ले ३१ लाख ३६ हजार रुपैयाँ ग्रसकलेक्ससन गरेको छ । सुभेन्दु घोषले निर्देशनख गरेको यो चलचित्रमा जितु नेपाल मुख्य भूमिकामा थिए ।