काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले निजी ऊर्जा प्रवद्र्धकहरूसँग भेट गरिरहेका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी भेटमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरूसँग प्रधानमन्त्रीले छलफल गरिरहेका हुन् ।
सरकारले आगामी १० वर्षमा लिएको ३० हजार मेगावाट उत्पादन लक्ष्य हासिल एवं निजी ऊर्जा प्रवद्र्धनसँग सम्बन्धित समसामयिक विषयमा छलफल भइरहेको छ ।
सरकारले १०० दिन पूरा गरेसँगै प्रधानमन्त्रीले भेटघाट र छलफललाई तिव्रता दिएका छन् ।
बुधबार निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरूसँग छलफल गरेका प्रधानमन्त्रीले बिहीबार निर्माण व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका थिए ।