काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबारको कारोबारमा साढे सात अंकले बढेको छ ।
निकै उतारचढाव देखिएको बजार अन्तिम समयमा सम्हालिएको हो । योसँगै बजार २५९७.८० विन्दुमा उक्लिएको छ ।
यस दिन १२१ कम्पनीको सेयर मूल्य बढेको छ । १५१ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
चार अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँबराबरको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर ३९ हजार ५९५ पटकमा किनबेच भएको छ ।
समूहगत सूचकतर्फ फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथ प्रशोधन घटेको छ । बाँकी समूहका सूचक बढेका छन् ।