काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन माग गरेको छ ।
राष्ट्रिय भूमि आयोगअन्तर्गत भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै अन्तिमपटक निवेदन माग गरेको हो ।
जग्गा प्राप्त गर्न बाँकी रहेका भूमिहीन दलित र सुकुम्बासी तथा बसोबास व्यवस्थापन हुन नसकेका अव्यवस्थित बसोबासीलाई तोकिएको समयभित्र निवेदन दिन आग्रह गरेको हो ।
समितिद्वारा प्रकाशित सूचनाअनुसार तोकिएका स्थानीय तहभित्रका योग्य नागरिकले समितिले निर्धारण गरेको ढाँचामा निवेदन फाराम भरी ४ साउनदेखि ३५ दिनभित्र पेस गर्नुपर्नेछ ।
निवेदन स्थानीय तहअन्तर्गत वडामा तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत बुझाउन सकिने समितिले जनाएको छ ।

