काठमाडौं । विशेष अदालतको प्रमुख न्यायाधीश (अध्यक्ष) मा वासुदेव आचार्य नियुक्त भएका छन्।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।
न्याय परिषद्को बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई अध्यक्ष तोक्न सरकारलाई सिफारिस गरेको थियो।