काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दिनेश बहादुर अमात्यले पदबाट राजीनामा दिएका छन्।
आइएमई लाइफ छाडेर अमात्य हिमालयन लाइफ इन्स्योरेन्समा प्रवेश गर्न लागेको बुझिएको छ। हिमालयन लाइफमा पनि उनी डीसीईओ भएर नै जान लागेको बताइएको छ।
अमात्यसँग कार्यालय प्रशासनका साथै बीमालेख विकास, जोखिमांकन, पुनर्बीमा, बीमांकी मूल्यांकन, दाबी व्यवस्थापन, बीमालेख सेवा र समेतमा दुई दशकभन्दा लामो कार्य अनुभव छ।
अमात्य आइएमई लाइफमा२०७४ देखि कार्यरत थिए। जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा उनले प्रवेश गरेका हुन् ।