पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, आठ जना घाइते
कर्पोरट खबर
9:29 pm, शुक्रबार, साउन ८, २०८३
- तनहुँको पृथ्वी राजमार्गमा माइक्रोबस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
- दुर्घटनामा चालकसहित १२ जना सवार थिए, जसमध्ये चार जना सकुशल रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका(१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा आज दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । गण्डकी प्रदेश०१(००१ख ०१७१ नम्बरको माइक्रोबस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परेको माइक्रोबसमा चालकसहित १२ जना यात्रु सवार रहेकामा चार जना सकुशल रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पताल र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।