सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् ।
शनिबार बसेको प्रदेश सभा बैठकमा आफ्नो भनाइ राख्दै उनले पदबाट राजीनामा दिएका हुन् ।
कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनी विरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले सुरुमै आफ्नो धारणा राखे । र, पदबाट राजीनामा दिएका छन् ।
उनले आफ्नो लागि कुर्सी नै ठूलो कुरा नरहेको पनि बताए । कँडेल ०८० चैत्र अन्तिम साता मुख्यमन्त्री नियुक्त भएका थिए ।
सुरुमा माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका उनी ०८१ साउनदेखि काङ्ग्रेससँगको गठबन्धनमा थिए ।