काठमाडौं, भाद्र २० – पर्यटन क्षेत्रसंग सम्बद्ध ३२ वटा विभिन्न संघ संस्थाहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको ध्यानाकर्षण गरेका छन्। संघ संस्थाहरुले भाद्र १९ गते शुक्रबार जुम प्रविधिको माध्यमबाट भर्चुअल बैठक राखी तालुकात मन्त्रीको ध्यानाकर्षण गर्ने कार्य गरेका हुन ।
ध्यानाकर्षण गराउने क्रममा संस्थाका प्रतिनिधीहरुले “नेपालको पर्यटन क्षेत्रमा कोरोना -कोभिड १९ भाईरसको प्रभाव र पुनरुत्थानका लागि भावी दिनहरुमा अपनाउनु पर्ने राणनीति” का सन्दर्भमा विभिन्न १७ विषयबस्तुहरु अघि सारेका थिए । जसमा तपशील बमोजिमका सवाल तथा प्रस्तावहरु राखिएको थियो ।जसमा पर्यटन क्षेत्र खुलाउने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडान तालिका मौद्रिक निती, कम्पनी नविकरणको सवाल, महामारी अवधी भर घर भाडा, बिजुली र इन्टरनेट शुल्कमा छुट लगायत अन्य प्रस्तावहरु छन्।
सो प्रस्ताव उपर टिप्पणी गर्दै मन्त्री भट्टराईले मन्त्रालय, पर्यटन विभाग, अर्थ मन्त्रालय, पर्यटन बोर्ड र पर्यटन व्यवसायी बीच संयूक्त बैठक बसी केही सवालहरुमा थप छलफल गर्न सकिने धारणा राखेका थिए । त्यसक्रममा विभिन्न संघ, संगठनका प्रतिनिधीहरुले मन्त्री सामु पुरक प्रशनहरु समेत राखेका थिए । पर्यटन व्यवसायीहरुले राखेको भर्चुअल बैठकमा पर्यटन मन्त्रीले चासो राखी समय प्रदान गरेकोले पर्यटन व्यवसायीहरुमा प्रोत्साहन मिलेको टानका अध्यक्ष खुम बहादुर सुवेदीले बताए ।
पर्यटन क्षेत्रसंग सम्बद्ध ३२ वटा विभिन्न संघ संस्थाहरुले राखेका प्रस्तावहरु
1. Re-open Tourism Sector
2. International and Domestic Schedule flight
3. MonetaryPolicy
4. Company renewal Issues
5. House Rent, electricity and internet discount issue during pandemic
6. Mountain Cleaning Campaign -2020 and Repair and Rebuild infrastructures
7. Mt. Cho-Oyu expedition route explore from Nepal side
8. Tourism Workers Financial Relief Package
9. Unclimbed Trekking peaks
10. Tourism Vehicle issues
11. Tourism bus terminal and act issues
12. NTB board members represent from Tourism Associations
13. Create a Tourism Welfare Fund from Royalty (10% every fiscal year)
14. Exports Issues
15. NEFFA (Nepal Freight Forwarders Association) – representation in the Airport Management, airlines cargo Management (domestic and international)
16. Restaurant and Bars must open using proper protocols
17. Most of the Hotel and Restaurant not getting loan from bank due to lease issues.
FACEBOOK COMMENTS