काठमाडौं । ई–कमर्स प्लेटफर्म जी–ट्रेडिया औपचारिक रूपमा सञ्चालनमा आएको छ । यो नेपालकै पहिलो यस्तो मञ्च हो, जसले नेपाली ग्राहक तथा व्यवसायीहरूलाई विश्वभरका लाखौँ उत्पादनहरूमा प्रत्यक्ष पहुँच पुर्याउने बताइएको छ ।
कम्पनीले गुणस्तरीय उत्पादनहरूलाई प्रतिस्पर्धी तथा किफायती मूल्यमा उपलब्ध गराउँदै अनलाइन किनमेललाई पहुँचयोग्य र व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।
अन्तर्राष्ट्रिय तथा स्थानीय बजारबाट सामान मगाउँदा आइपर्ने जोखिम कम गर्न कम्पनीले सामानको बिमा र भुक्तानीलाई थप सरल बनाउन आफ्नै रोजाइको बैंकबाट सोझै भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।
अर्डर गरिएका सामानहरू ट्रान्सफर/डेलिभरीका क्रममा सुरक्षित रहोस् भन्नका लागि सामानको बिमाको व्यवस्था गरिएको छ । यसले ग्राहकलाई सामान हराउने वा बिग्रिने डर हुँदैन । त्यस्तै, ग्राहकहरूले कुनै झन्झटविना आफ्नो रोजाइको वा आफूसँग भएको जुनसुकै बैंक खाताबाट सोझै रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
‘बियोन्ड बोडर्स’ भन्ने नाराका साथ अघि बढेको यस प्लेटफर्मले नेपाली उपभोक्ताहरूलाई विश्वव्यापी आपूर्ति शृंखलासँग जोड्दै सुरक्षित र झन्झटमुक्त डेलिभरी दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
अन्तर्राष्ट्रिय बजारका लाखौँ सामग्रीहरू सजिलै खोज्न र अर्डर गर्न सकिने, सुरक्षित र व्यवस्थित तरिकाले सामान घरदैलोमा पुर्याइने, गुणस्तरीय सामानहरूको ग्यारेन्टी, नेपाली साना तथा ठूला व्यवसायीहरूलाई विश्वव्यापी आपूर्ति शृंखलासँग जोड्न मद्दत पुग्ने यसका मुख्य विशेषताहरू रहेका छन् ।
महिला, पुरुष तथा बालबालिकाहरूका लागि विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता र फेसन एसेसोरिज, बालबालिकाका लागि शैक्षिक तथा मनोरञ्जनात्मक खेलौनाहरू, भान्सा र दैनिक प्रयोजनका लागि आवश्यक विभिन्न उपभोग्य वस्तुहरू सहजै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।