काठमाडौं । सुनसरी जिल्लामा जारी कर्फ्यु आदेश हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, सुनसरीका अनुसार साउन ११ गते राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको जनाइएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको उक्त कर्फ्यु आज बिहान १२:१५ बजेदेखि खुला गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा उल्लेख छ।
