काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आयोजना मर्मतसम्भार पछि दुईवटा युनिटमध्ये युनिट–१ बाट विद्युत उत्पादन सुरू भएको छ ।
ईङवा हाइड्रोपावर लिमिटेडले पाँचथर र ताप्लेजुङ जिल्ला भई बहने ईङवा खोलामा निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको ९.७ मे.वा को माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनामा गत जेठ ९ गते आएको वर्षाका कारण बाढी र पहिरोले क्षति पुर्याएको थियो ।
बाढी तथा पहिरोका कारण आयोजनाको इन्टेक, पाइपलाइन, पावरहाउस, ट्रान्समिसन लाइन लगायतका विभिन्न संरचनामा ठूलो क्षति भई आयोजनाको प्लान्ट समेत बन्द रहेको अवस्थामा आयोजनाको मर्मतसम्भार गरेपछि साउन २१ गते साँझ ७:१७ बजेबाट दुई युनिटमध्ये युनिट–१ सञ्चालन भई विद्युत उत्पादन सुरू भएको हो ।
