काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०८२/८३ त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार बैंकले अघिल्लो आवको तुलनामा गत आवमा नाफामा ऐतिहासिक वृद्धि गरेको छ भने वितरणयोग्य मुनाफा पनि ऋणात्मकबाट धनात्मक भएको छ।
विवरणअनुसार बैंकको खुद नाफा १ अर्ब ८७ करोड ९७ लाख रुपैयाँबाट २९३ प्रतिशतले वृद्धि भई ७ अर्ब ३८ करोड ७२ लाख पुगेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६२ करोड १५ लाखबाट ३.४७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख नाघेको छ भने खुद फी तथा कमिसन आम्दानी २ अर्ब ६६ करोड १६ लाख रुपैयाँबाट बढेर ३ अर्ब ४ करोड ८८ लाख पुगेको वित्तीय विवरणमा उल्लेख छ।
बैंकको कुल सञ्चालन आम्दानी १५ अर्ब १९ करोड ४० लाख रुपैयाँबाट ७.६६ प्रतिशतले बढेर १६ अर्ब ३५ करोड ८४ लाख पुगेको छ भने सञ्चालन मुनाफा ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँबाट १०१ प्रतिशतले बढेर ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ नाघेको छ।
नाफा र आम्दानीमा वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ६.९४ रुपैयाँबाट वृद्धि भई २८.१७ रुपैयाँ पुगेको छ। खराब कर्जा (एनपीएल) पनि ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत र प्रतिसेयर नेटवर्थ १७०.८० रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्ष ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेकामा एक वर्षको अवधिमै ७९ करोड १६ लाख रुपैयाँ धनात्मक भएको छ। चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोष १४ अर्ब ७४ करोड रुपैयाँबाट बढेर १७ अर्ब ७७ करोड पुगेको छ।
यस्तै, कर्जा लगानी कर्जा लगानी २ खर्ब ७० अर्ब ९२ करोड, निक्षेप संकलन ४ खर्ब २ अर्ब ७३ करोड र कुल सम्पत्तिको मूल्य ४ खर्ब ४१ अर्बबाट ४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।