काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कदै छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चुनदेवी नजिकैको निवाससम्म स्वागतको तयारी गरिएको छ । पूर्वप्रधानमन्त्री देउवा आज दिउँसो १२:२५ बजे बैंककबाट थाई एयरलाइन्सको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछन् ।
प्रहरीका अनुसार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिनामंगलस्थित मूल प्रवेशद्वार गोल्डेनगेटदेखि उनको बासस्थान महाराजगञ्ज, चुनादेवीसम्म सुरक्षा सहित ९एस्कर्ट० जाने व्यवस्था मिलाइएको छ ।
गतवर्ष भदौ २४ मा जेन–जी आन्दोलनका प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारको शिकार भएका देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । उनी पाँच महिनापछि आज बैंकक हुँदै काठमाडौं फर्किन लागेका हुन् ।
प्रहरीका अनुसार उनलाई स्वागत गर्न चाहने कार्यकर्तालाई गोल्डेनगेटसम्म भेला हुने अनुमति दिइने छ ।