काठमाडौं। पाल्पा सिमेन्ट इण्डष्ट्रीजको नाफामा ५९ प्रतिशतको गिरावट आएको छ ।
कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको उक्त अवधिसम्म भने कम्पनीले ९ करोड ७५ लाख नाफा कमाएको थियो ।
कम्पनीको खुद आम्दानी १ अर्ब ८१ लाखबाट घटेर ७७ करोड ३४ लाखमा सीमित बनेको छ । यस्तै अन्य आम्दानी भने ९० लाख ५३ हजारबाट बढेर १ करोड ८१ लाख पुगेको छ ।
यो अवधिमा कम्पनीको वित्त खर्च ५५ करोड ८४ लाखबाट घटेर ३८ करोड ४० लाखमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२९.१५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७५.०७ रुपैयाँ र तरलता अनुपात ३.१९ प्रतिशत कायम भएको छ ।