काठमाडौं । ट्रायम्फ मोटरसाइकल्स नेपालले काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ ट्रायम्फ स्पिड टी४ सार्वजनिक गरेको छ ।
नयाँ मोडेलको आगमनसँगै नेपालमा ट्रायम्फको मोडर्न क्लासिक सिरिजअन्तर्गतको मोटरसाइकल लाइनअप थप विस्तार भएको छ ।
ट्रायम्फ स्पिड टी४ को मूल्य ६ लाख ४९ हजार ९ सय तोकिएको छ । क्लासिक रोडस्टर डिजाइन तथा कम गतिमा उच्च टर्क प्रदान गर्ने विशेषतासहितको यो मोटरसाइकल सहरी आवतजावतदेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।
नेपाली सडक अवस्थालाई ध्यानमा राख्दै सहज ह्यान्डलिङ र आरामदायी यात्रालाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ । स्पिड टी४ मा ३४९ सीसीको लिक्विड–कुल्ड इन्जिन जडान गरिएको छ ।
उक्त इन्जिनले ७ हजार ५ सय आरपीएममा अधिकतम २९ पीएस पावर तथा ५ हजार ५ सय आरपीएममा ३१ एनएम टर्क उत्पादन गर्छ । यसमा ६–स्पिड गियरबक्स तथा स्लिपर क्लच उपलब्ध छ । यसले सहरी सडकमा सहज सञ्चालनसँगै राजमार्गमा क्रुजिङ तथा उकालो सडकमा समेत प्रभावकारी प्रदर्शन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
मोटरसाइकलमा ४३ मिलिमिटर फ्रन्ट फोर्क तथा समायोजन गर्न मिल्ने रियर मोनोशक दिइएको छ । त्यस्तै, १७ इन्चका पाङ्ग्रा, ३०० मिलिमिटर फ्रन्ट डिस्क, २३० मिलिमिटर रियर डिस्क तथा डुअल–च्यानल एबीएसजस्ता सुविधा रहेका छन् ।
स्पिड टी४ मा एलईडी लाइट, डे–टाइम रनिङ लाइट, स्लिपर क्लच तथा एनालग र डिजिटल डिस्प्लेको संयोजन गरिएको छ । यी सुविधाले मोटरसाइकललाई आधुनिक प्रविधिसँगै क्लासिक डिजाइनको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा स्पिड टी४ को सार्वजनिकसँगै नेपालमा ट्रायम्फको मोडर्न क्लासिक लाइनअप थप फराकिलो भएको छ । नयाँ मोटरसाइकलले नेपाली ग्राहकलाई ४०० सीसी वर्गमा थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
ट्रायम्फ मोटरसाइकल्स नेपालले नेपालभर आफ्ना आधिकारिक डिलरमार्फत मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले बिक्रीपछिको सेवा तथा जेन्युइन पाट्र्ससमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।