काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाँले राजीनामा दिएका छन् ।
नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले सोमबार राजीनामा दिएका थिए ।
मुख्यमन्त्री बानियाँले आजको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका थिए ।
तर, विश्वासको मत पाउने सम्भावना नदेखेपछि बानियाँले राजीनामा दिएका हुन् ।