अन्जनराज न्यौपाने तनहुँ, २३ भाद्र – भानु नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश मल्ललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नागरिकतामा किर्ते गरेको अभियोगमा तनहुँ जिल्ला अदालतको २०५५ सालको फैसला कार्यान्वयन गर्ने क्रममा मल्ल प्रक्राउ परेका हुन । अदालतको फैसलाबाट दोषी ठहर भई हालसम्म उनी ‘फरार’ सुचीमा थिए ।
साविक गजरकोट गाउँ विकास समिति–४ का अम्बरबहादुर थापाका छोरा राजु थापालाई सोही ठाउँका होमबहादुर थापाका छोरा भन्ने झुठो विवरण बनाई विसं २०५४ मा नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोप पुस्टि भएसँगै अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । वडाध्यक्ष मल्लविरुद्ध जिल्ला अदालतले विसं २०५५ वैशाख २ गते दोषी ठहर गरी एक वर्ष कैदको फैसला सुनाएको थियो ।यद्यपी फैसला कार्यन्वयन भएको थिएन ।
फैसला कार्यन्वयन गर्ने क्रममा मल्ललाई सोमबार पक्राउ गरि कारागार चलान गरिएको छ ।केही महिनाअघि भानु-५ र ६ को सिमानामा भएको एक युवकको मृत्यु प्रकरणमा समेत वडाअध्यक्ष मल्ल मुछिएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले प्रहरीले मल्ललाई पक्राउ गरेको जानकारी दिएका छन्।
FACEBOOK COMMENTS