काठमाडाैं । गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि गरिमा चौधरीका आमा–बुवालाई काठमाडौं लगिएको छ ।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हो ।
गरिमाका आमा–बुवालाई आन्दोलनरत स्थानबाट इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले प्रहरीकै गाडीमा ल्याएर एयरपोर्टमा बोर्डिङ पास गराएका छन् ।
उनीहरूको साथमा स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्की लगायत ७ जनाको टोली वार्ताका लागि काठमाडौं लागेको जनाइएको छ ।