काठमाडौं । भिजी मोटर्सले विशेष समारोह आयोजना गरी ११११ थान एसआरएम ईभी बिक्रीको उत्सव मनाएको छ ।
कार्यक्रममा एसआरएमका प्रतिनिधि, ग्राहक, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता थियो ।
भिजी मोटर्स नेपालमा एसआरएम ब्रान्डका सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक हो ।
नेपाली बजारमा एसआरएमलाई एक प्रमुख व्यावसायिक विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा स्थापित गर्ने सोचका साथ कम्पनीले अगस्ट २०२३ मा एसआरएम ईभीको यात्रा सुरु गरेको बताइएको छ ।
बजारको सकारात्मक प्रतिक्रिया र १,१११ थान ईभी बिक्रीको कोसेढुंगा पार गरेपछि भिजी मोटर्सले बिक्रीपछिको सेवा सञ्जाल र ग्राहक सेवालाई सुदृढ बनाउनेतर्फ बढी जोड दिइरहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली सडकमा १० हजार ००० थान एसआरएम ईभी पुर्याउने आफ्नो दीर्घकालीन लक्ष्यतर्फ अघि बढ्दै कम्पनीले नेपालभर यो ब्रान्डलाई अझ विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।