काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । त्यसै क्रममा आज पनि बजार झिनो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.३० अंकले घटेको छ । ०.२० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५९४.२७ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि विकास बैंक र निर्जीवन बीमा कम्पनी क्रमश: ०.०८ र ०.३६ प्रतिशतले बढेका छन् । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३५७ कम्पनीका १ करोड ४४ हजार १ सय ६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७ सय ३०.०३ रुपियाँ बराबरको कारोबार भएको छ ।
सर्वोत्तम पेन्टस् र क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताहरुले क्रमश: १४.९९ र १४.९५ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १०.०७ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज मकर जितुमाया सुरी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९० करोड ७ लाख ९७ हजार २८.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो सोमबार १९.१३ अंकले बजार घट्दा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५ सय ४९.५२ रुपियाँ बराबरको कारोबार भएको थियो ।