काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई दुई दिनको भ्वाइस कल नि:शुल्क, प्रतिदिन २ जीबी डाटा र ५० एसएमएस नि:शुल्क गर्ने भएको छ ।
साथै सावधानी अपनाउनका लागि एसएमएस मार्फत अनुरोध गरिएको जनाएको छ । यस सम्बन्धी सचेतनामूलक रिङब्याक टोन बजाइएको छ ।
बाढीका कारण रसुवामा २ वटा र नुवाकोटमा ५ वटा गरी ७ वटा टावरमा क्षति भएको प्रारम्भिक विवरण छ ।
गल्छी देखि रसुवा बोर्डरमा रहेको फाइबर लिंकमा क्षति पुगेको छ । मर्मत सम्भारका लागि नेपाल टेलिकमको टोली निरन्तर खटिएको विज्ञप्तिमा उल्लेख छ ।