काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि एकैदिन २७ करोड सहयोग संकलन भएको छ ।
पछिल्लो ६ घण्टाको अवधिमा अर्थमन्त्रालयमा उपस्थित भई विभिन्न १० वटा निजी तथा सरकारी कम्पनीरसंस्थाहरूले कुल २७ करोड ३३ लाख बराबरको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्।