काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी गठित समिति (टास्क फोर्स) ले प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री चौधरीले मुलुकको वर्तमान विषम परिस्थिति सामान्य भएपछि प्रतिवेदनको अध्ययन गरी आवश्यक निर्णय तथा कार्यान्वयन अघि बढाइने बताएकी छन् । मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनका लागि प्रतिवेदनमा प्रस्तुत सुझावहरूको अध्ययन गरी आवश्यक कदम चालिने स्पष्ट पारेकी छन् ।
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक समिति (टास्क फोर्स) गठन गरेको थियो ।