काठमाडौं । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि कामको सिलसिलामा रसुवा पुगेका मकवानपुरका सूर्य गोपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
थाहा नगरपालिका–१० का ३६ वर्षीय गोपाली लामो समयदेखि ट्रक चालकका रूपमा कार्यरत थिए । बाढीपछि उनले चलाउँदै आएको बा ६ ख ४५२० नम्बरको ट्रकसहित उनी सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गोपालीको खोजीका लागि आफन्त तथा स्थानीयले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयलगायत सम्बन्धित निकायमा सम्पर्क गरे पनि अहिलेसम्म उनको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन ।
परिवारजनले गोपालीको खोजीकार्यमा सहयोग गरिदिन र कहीँकतै देखेमा नजिकको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन आग्रह गरेका छन् ।