भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ९०० नाघ्यो, ४२ सय ४७ जना सम्पर्कविहीन
कर्पोरट खबर
10:36 am, सोमबार, भदौ १५, २०८३
- भोटेकोसी बाढीमा अलपत्र परेका ३,०२९ जनाको उद्धार गरिएको छ, जसमा २,७७६ नेपाली र २५३ विदेशी छन्।
- बाढीमा हराएकाको खोजीका लागि १,५५८ निवेदन परेका छन् र नुवाकोटमा ९५ शव सङ्कलन गरिएको छ।
काठमाडौं । भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले जारी गरेको आज (सोमबार) बिहान ९ बजेसम्मको विवरणअनुसार अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन्।