काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । बजार घटेसँगै कारोबार रकम पनि साढे ३ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४३.८९ अंकले घटेको छ । १.७१ प्रतिशतले बजार घट्दा नेप्से २५१३.४२ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि उत्पादनमूलक समूह ०.७० प्रतिशतले बढेको छ । अरु बाँकी समूह राताम्मे भएका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी ५.०३ अंकले घटेको छ ।
आज ३४७ कम्पनीका ९३ लाख ८ हजार २ सय २५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड ११ लाख ७ हजार ४ सय ३८.५० रुपियाँ बराबरको कारोबार भएको छ ।
घोराही सिमेन्टका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.४६ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी १४.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ३८ लाख ४९ हजार २.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।