काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
कम्पनीले उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा अनुरोध गरेको छ ।