काठमाडौं । प्राय सधैजसो तीजका अवसरमा आफ्नो गीती कोशेली लिएर आउने गरेकी अञ्जु श्रेष्ठले यसपाली पनि तिजको कोशेली एक बर्षमा एक चोटी लिएर आएकी छिन् ।
तीज पर्वलाई मान्यता दीदै उनले हरेक बर्ष तीजको कोशेलीलिएर आउने गरेकि हुन् ।यस पालीको तीज गीत ल्याउने बेलामा तयारी गर्दैगर्दा रसुवामा बाढी गएपछि उनी पनि सम्हालिन सकिनन् ।
तयारीभैसकेको र शुटीङ समेत भैसकेको र खर्च समेत भएको अवस्थामा गीत यसै थन्काएर राख्ने पनि कुरा भएन । यहिबाध्यताका बिचमा उनले तीज गीत लिएर आएकी बताएकी छन् ।
आफ्नो स्वरमा उनले आफै छमछमी गरेकी छिन् । उनलाई डिम्पल नगरकोटीले छमछमी नाच्दै साथ दिएकी छिन् ।कोरीयोग्राफी एवं निर्देशन भने मौसम हिमालीले गरेका छन् ।
गीतको निर्माता गंगामाया श्रेष्ठ हुन् भने भीडीयोछाँयाकन दीनेश पराजुलीले गरेका छन् । मनोज कार्कीले कलर र सम्पादन गरेका छन् भने श्रृंगार संगीता मिजारकोरहेको छ ।

एक बर्षमा एक चोटी को शब्द दीपक शर्मा र निशान साउदले लेखेका छन् भने स्वयम दीपक शर्माले संगीत दीएकाछन् । नरेन्द्र बियोगीले मिक्सीङ एवं मास्टरीङ गरेका छन् ।देशको संवेदनशिल अवस्थामा आफू पनि संवेदनशिल भएको उनले बताइन् ।
बाध्यता एवं परिस्थीतीका कारण गीतबजारमा ल्याएको उनले बताइन् । आफूलाई साथ दीन पनि उनले आग्रह गरीन् ।