काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले बाढी पीडितहरुका लागि पाँच लाख रुपियाँ सहयोग प्रदान गरेको छ ।
संकटको यस घडिमा राहत तथा उद्वार कार्यका लागि नेपाल सरकार तथा विभिन्न संघ–संस्थाहरुले गरेको सार्थक पहल प्रति ऐक्यवद्धता जनाउँदै यस वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा उक्त रकम जम्मा गरेको हो ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट देशमा आईपरेको यस विषम् पस्थितिका कारण ज्यान गुमाउने नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै वित्तीय संस्थाको तर्फबाट परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।