काठमाडौं । सिद्धार्थ पेलेट फिड प्रा.लिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै कम्पनीले उक्त रकम सहयोग गरेको हो।
विपद् बाट प्रभावित नागरिकको पीडामा साथ दिन तथा राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
सिद्धार्थ पेलेट फिडले विगतदेखि नै सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता मानवीय कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।