काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा कम्पनीका सञ्चालक शशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको उपस्थिति रहेको थियो। सो अवसरमा विपद्मा परी ज्यान गुमाएका मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकको आत्माको चिरशान्तिको कामना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको उक्त सहयोगबाट राष्ट्रिय विपद्को सामना गर्न तथा प्रभावित परिवारलाई राहत वितरण र पुन:स्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।