काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ ।
फाइनान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
२०८३ भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् ।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको फाइनान्सले जनाएको छ ।
विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको सहयोगले राहत तथा उद्धार अभियानमा केही हदसम्म योगदान पुग्ने विश्वास मञ्जुश्री फाइनान्सले व्यक्त गरेको छ ।