काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ७ हजार ६ सयले बढेर तोलाको ३ लाख ४ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर ४७२५ मा कारोबार भइरहेको छ ।
यसअघि बुधबार चाँदी तोलाको ४५८० मा कारोबार भएको थियो ।
