काठमाडौं । रसुवामा आएको बाढीका कारण ‘अपर त्रिशूली– ३ए’ जलविद्युत आयोजनामा फसेका दुई जनाको जिवतै उद्दार गरिएको छ ।
उद्दार गरिएको व्यक्ति ३० वर्षिय सञ्जय साह रहेका छन् । उनी कोइलाडी–८, सप्तरीका हुन् । साह त्रिशूली ३ए एच.ई.पीमा फोरम्यान (मेकानिकल)कारूपमा कार्यरत थिए ।
त्यस्तै, सोही हाइड्रोपावरमा अटोमेसन प्रोजेक्टमा कार्यरत ४५ वर्षीय मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई पनि जिवतै उद्दार गरिएको छ । उनी बालकुमारी–३, काठमाडौंका हुन् ।
दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भईरहेको छ ।