काठमाडौं । त्रिशूली–३ ‘ए’को सुरुङबाट उद्धार गरिएका सञ्जय साह र कविर महर्जनलाई उपचारको लागि काठमाडौ ल्याइएको छ।
भोटेकोसी नदीमा बाढी आएको १० औँ दिन (भदौ १९ गते बिहान) रसुवास्थित त्रिशुली ३ ‘ए’को सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेका हुन्।
सुरुङभित्र फसेकामध्ये २ जनाको जिबितै उद्धार गरेर उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाएको नेपाली सेनाले जनाएको छ। उनीहरूको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु भएको छ।
उद्धार गरिएका साह आयोजनाका मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर हुन्। उद्धार टोलीले दुई जना व्यक्तिको जिवितै उद्धार गरिएको र सुरुङभित्र थप खोज तथा उद्धार कार्य जारी रहेको पनि नेपाली सेनाले जनाएको छ।
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट दुईजनाको जीवितै उद्धार
रास्वपा सांसद न्यौपाने भन्छन्- त्रिशूली ३ ए सुरुङभित्रबाट मानिसको आवाज सुनियो