काठमाडौं । दुई जनाको उद्धार गरिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलबाट थप मानिसको आवाज आएको छ ।
शुक्रबार बिहान दुई जनाको उद्धार गरिएको उक्त टनेलबाट अन्य मानिसको पनि आवाज आएको र उद्धार कार्यलाई तीव्र पारिएको उद्धार टोलीले जनाएको छ ।
सो टनेलबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार गरिएको हो ।