दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारस्थित चौलानी नदीमा पहिरो खस्दा नदी आधा थुनिएको छ ।
पहिरो आउने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बर्तराज पौडेलले जारी गरेको सूचनामा विपद्को समयमा कुनै घटना भएमा वा उद्धारको आवश्यकता परेमा सुरक्षा निकायलाई तत्काल जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।
यस्तै पहिरोका कारण अपिहिमाल जाने पदमार्गमा क्षति पुगेको छ । भट्टारबाट खायाकोट, ल्वाथी र लुम्चातर्फ जाने बाटो पनि अवरुद्ध भएको छ ।
