काठमाडौं । सिद्धार्थ बैंक र बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौताअनुसार ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा बैंकका ग्राहकले सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौतामार्फत ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारलाई डिजिटल कारोबारमा रूपान्तरण गर्न प्रोत्साहन पुग्ने विश्वास बैंकले लिएको छ ।
यससम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।