काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका क्रममा नेपाली सेनाले नुवाकोटको देवीघाटस्थित तादी खोलामा एक्रो पुल जडान गरी सडक सञ्चालनमा ल्याएको छ ।
नुवाकोट–५, देवीघाटमा जडान गरिएको पुल ५७.९ मिटर लामो, ५.५ मिटर चौडा र अधिकतम ६० टन भार वहन गर्न सक्ने क्षमताको रहेको नेपाली सेनाले जनाएको छ ।
पुल सञ्चालनमा आएसँगै नुवाकोट तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने भएको छ । साथै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न पनि सहज हुने नेपाली सेनाले जनाएको छ ।
