काठमाडौं, भदौ २५ – ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले आफ्नाे जन्मदिनको अवसरमा २०० जनालाई निःशुल्क भोजन खुवाएका छन् । उनले भदौ २३ गते जन्म दिनको अवसरमा बिहान १०० जना र बेलुका १०० जना गरी २०० जनालाई निःशुल्क भोजन खुवाएका हुन् ।
कोरोना संक्रमणको कारण सरकारले जारी गरेको निषेधाज्ञाको कारण बेरोजगार भै भोक भोकै बस्न बाध्य भएका मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आइरहेको जय महाँकाल युवा समूह मार्फत अध्यक्ष कटुवालले उक्त कार्य गरेका हुन् ।
त्यसैगरी, साेही अवसरमा उनले आफ्नाे पुर्खौली थली संखुवासभा स्थित प्रहरी कार्यालाय, अस्पताल र नेपाली सेनाको कार्यालयलाई निशुल्क कोरोनाको संक्रमणबाट बच्न र बचाउने प्रयोग गरिने साधन पेडल सेनिटाइजर स्ट्याण्डहरु वितरण गरेका छन् । उनले स्थानिय समाजसेबी बहिनी बबिता कटुवालमार्फत उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
साथै, उनले भक्तपुरको दधिकोट स्थित ॐ शान्ती केन्द्रलाई समेत पेडल सेनिटाइजर स्ट्याण्ड निशुल्क वितरण गरेका छन् । साथै, आगामी दिनमा पनि आफुले सक्ने सहयोग गर्नको लागि सामाजिक कार्यमा सहभागी हुने उनले प्रतिबद्धता जनाएका छन् ।
FACEBOOK COMMENTS